कोरोना भाईरसवाट वच्न चापाकोट नगरपालीकाले थाल्यो आवश्यक तयारी

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


सबिन डोटेल ,चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट नगरबासिलाई सुरक्षित बनाउने आवश्यक तयारी गरेको छ । नगरबासिलाई संक्रमणबाट सुरक्षित गराउन आवश्यक सचेतना मुलक कार्यक्रमहरु प्रत्येक वडामा सञ्चालन गर्ने गरी समिति गठन गरेको नगरप्रमुख शिव कुमार गिरीले बताउनु भयको छ । साथै १० वटै वडामा साबुन पानी ले हात धुनी बेबस्था मिलायको छ ।साथै चापाकोट नगरपालिका का नगरबासी हरु लाई कुनै लक्ष्यण देखा परेमा चापाकोट नगरपालिका ले निशुल्क रुपमा औसधि लगायत अन्य परामर्श गर्ने बेबस्था गरेको छ । साथै चापाकोट नगरपालिका प्रवेश गर्ने नाका हरु मा हेल्प डेस्क राख्ने तयारी गरेको छ । साथमा चापाकोट अस्पतालमा क्वारेन्टाइन को ब्यवस्था गरेको समेत जानकारी गराउदै नगर प्रमुख शिव कुमार गिरिले नगर बासिलाइ सचेत रहन आग्रह गर्नुहुदै कोरोना संक्रमण बाट आफू पनि बच्न र अरुलाइ बचाउन नगर बासि लाई अपिल समेत गर्नु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया