कोरना संक्रमण : सिसहनियाका ब्यापारीहरुद्धारा उच्च सर्तकता

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली  चैत्र १०, सिसहनिया(देउखुरी दाङ) दाङ जिल्ला राप्ती गाउँपालिका सिसहनियाका ब्यापारीहरुले उच्च सर्तकता  अपनाउदै बजार बन्द देखी चोकचोकमा हातधुने ब्यवस्था मिलाएको पाइृएको छ । कोरना भाईरस वाट आफुपनि बचौ अरुलाईपनि बचाऔ भन्ने उदेश्यले सिसहनियाका ब्यापारीहरुले उच्च सर्तकता स्वरुप आगामी २१ गते सम्म पुर्ण रुपले बजार बन्द गर्ने र चोक चोकमा साबुन पानीले सबैसाधारणको लागि हात धुने ब्यवस्था गरेको सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरी अधिकारीले जानकारी दिनुभएको छ ।

सिसहनिया क्षेत्र बजार र ग्रामिण क्षेत्र रहेकोमा यस क्षेत्रका नागरिकहरुलाई केहि समय बजार बन्दको कारणले दैनिक उपभोग्य समानको अभाब नहुने र आईपर्न सक्ने कोरना भाईरसको जोखीमबाट बरु बच्न र संक्रमणको सम्भावना कम गर्न बजार बन्द गर्ने सर्ब सम्मत रुपमा सर्बपक्षिय निर्णय गरिएको सिसहनियाँ उद्योग वाणिज्य संघका सचिव मदन पोख्रेलले जानकारी दिनुभएको छ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सिसहनियाँ उद्योग वाणिज्य संघ मातहतका सबै बजार क्षेत्र चैत्र १० गते देखि २१ गते सम्मका लागि बन्द हुने भएका हुन । राप्ती गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा आइतबार वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले राप्ती गाउँपालिकाको वडा नम्बर ५ को प्रगतिनगर सिसहनियाँ बजार, पहरुवा, लट्ठहवा, वडा नम्बर ६ को पत्थरगढवा चौबाटो बजार, वडा नम्बर ७ को चौवाटो बजार र वडा नम्बर ८ को पिपरी, बिजौरी बजार तथा गाउँगाउँमा समेत ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ । सर्बपक्षिय बैठकले कुनै सभा, सम्मेलन नगर्न नगराउन , भीडभाडमा सहभागी नहुन, लामो दुरीको यात्रा नगर्न, सरसफाईमा ध्यान दिन, मासुजन्य बस्तु राम्रोसँग पकाएर खान, बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्न, खोक्दा वा हाछ्यु गर्दा नाक मुख छोप्न र अति आवश्यक काम बाहेक जथाभावी आफु र बालबालिकालाई बाहिर ननिस्कन पनि आग्रह गरेको वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताउनु भएको छ ।

वडा अध्यक्ष रावतले स्थानिय सरकार प्रदेश सरकार तथा केन्द्रिय सरकार नागरिकको स्वास्थ्य रक्षाको लागि लागिरहेको र सकेसम्म उपलब्ध स्रोत साधनको प्रयोग गरि कोरना संक्रमण रोक्न लागि परेको बताउनुभएको छ । बजार बन्द गर्ने विषयमा सम्पुर्ण ब्यापारी विच बन्दका समयमा अत्यावश्यक उपभोग्य सामाग्री भने सहज तरिकाले उपलब्ध गराउने तर सामान स्टक राख्ने, कालोबजारी गर्ने काम नगर्न सम्पूर्ण उद्योगी व्यापारीहरूलाई बैठकले आग्रह समेत गरेकोले सबै ब्यापारीले सो निर्देशनको पालना गर्ने आशा लिईएको सिसहनियाँ उद्योग वाणिज्य संघका सल्लाहकार तथा ज्ञवाली स्टोरका सञ्चालक भागवत ज्ञवालीले जानकारी दिनुभएको छ । यसैबीच, कोरना संक्रमण उच्च सर्तकता बैठकमा गाउँगाउँमा सचेतनामूलक माइकिङ गर्ने निर्णय समेत भएको छ । बैठकमा जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, चेम्बर अफ कमर्सका पदाधिकारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको सहभागीता रहेको संघका कार्यालय सचिव  सुवेदिले जानकारी दिनुभउको छ ।