फ्रान्सबाट आएका नेपाली युवतीमा कोरोना भेटियो, टेकुमा उपचार हुँदै

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

korona

काठमाडौं, चैत –  फ्रान्सबाट आएका एक जना नेपाली महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरि कोरोना भाइरसको संक्रमणको अवस्थाबारे जानकारी दिएका छन्। उनले एक जनामा संक्रमण देखिएको बताएका छन्। उनी चैत ४ गते फ्रान्सबाट आएका थिए। उनी चैत ४ गते फ्रान्सबाट आएका थिए। शंका लागेपछि अस्पताल भर्ना भएका उनलाई आइतबार संक्रमण भएको पुष्टि भएको हो।

सोमबार जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्यमन्त्री ढकालले बताए। उनलाई शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका व्यक्तिलाई निगरानीमा राखिएको उनले बताए। फ्रान्समा अध्ययनरत उनी होम क्वारेन्टाईनमा बसेका थिए । कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ। यसअघि पनि नेपालमा एक जनालाई कोरोना पोजेटिभ देखिएको थियो। उनको उपचार गरेर रिकोभर भैसकेका छन्।  नेपालमा कोरोनाको यो दोस्रो संक्रमण हो। काठमाडौप्रेस वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा