मंगलवार वार देखी विराटनगर लकडाउन

प्रकाशित मिति:

१० चैत्र, विराटनगर । कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार विहान १० बजेदेखि लागु हुनेगरी ’लकडाउन’ गरिने भएको छ ।अनिश्चितकालीन लकडाउनका समयमा कुनैपनि सार्वजनिक यातायात, निजि सवारी, सिटी, अटो, रिक्सा सवै ठप्प रहने महानगरपालिकाले जनाएको छ ।अति आवश्यक कर्मचारीहरुको लागि कार्यालय आउन जान निजि साधन वा कार्यालयले उपलब्ध गराएको साधन संचालन हुने जनाइएको छ । लकडाउनका समयमा विराटनगर भित्रका सवै उद्योग,पसल, कार्यालयहरु बन्द रहनेछ ।

तर अति आवश्यक सामाग्री जस्तै दुधको पसल, औषधी, खाद्यान्न पसलहरु खुल्ला रहने छ । यसैबीच महानगरसंग जोडिएका सवै नाका बन्द रहने छ । तर दैनिक उपभोग्य अति आवश्यकीय बस्तुको आवागमनमा रोक लगाइने छैन । कन्स्ट्रसनको सवै काम ठप्प हुनेछन् । साप्ताहिक हाटबजार तथा सवै धार्मीक स्थलहरु बन्द गरिने महानगरपालिकाले जनाएको छ ।