बैंक ब्याज र घरघाडा मिनाह गर्न सम्बन्धित पक्ष संग अपिल ।

१० चैत्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) रुपन्देहीले आफ्नो संगठन अन्तरगतका सम्पुर्ण व्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ ।
चैत ९ गते आइतबार एक बिज्ञप्ती जारी गर्दै  क्यान  महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले  तत्कालका लागि व्यवासय चैत २१ गतेसम लागि बन्द गरिएको जनाएका छन ।     सरकारले जारी गरेका सम्पुर्ण निर्देशनहरु पुर्ण पालना गर्न र आधिकारिक संचारमाध्यमका सुचनालाइ मात्र बिश्वास गर्न महासंघले सबैमा  आग्रह गरेको छ ।   कोरोना भाईरसको कारणले व्यवासयमा परेको असरले बैंक  ब्याज र घरघाडा मिनाह गर्न सम्बन्धित पक्ष संग अपिल समेत बिज्ञप्तीमा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया