कोभिड–१९ को प्रभाव : बुटवल अटो भिलेज बन्द

प्रकाशित मिति:

रुपन्देही, १० चैत रासस , कोरोना भाइरस ९कोभिड–१९० को जोखिमलाई ध्यान दिँदै बुटवल अटो भिलेज आजदेखि बन्द गरिएको छ । बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनको बैठकले चैत २२ गतेसम्म अटो भिलेज बन्द गर्ने निर्णय गरेको हो ।

अन्य देशमा महामारीको रूप लिएको कोरोनाबाट यो ठाउँ पनि उच्च जोखिममा रहेका कारण १३ दिनका लागि बन्द गर्ने निर्णय गरेको बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशन मैनाबगरका अध्यक्ष बाबुलाल पाण्डेले जानकारी दिनुभयो । बुटवल अटो भिलेज मैनाबगर क्षेत्रमा करिब ६०० व्यवसायी रहेका छन् ।