लकडाउन’ उल्लंघन गर्नेलाई के कारबाही हुन्छ ।

प्रकाशित मिति:

‘काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज मंगलबार बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।
सरकारले लागू गरेको यो नियम उल‌्लंघन गरे ६ महिनासम्म जेल सजाय हुने व्यवस्था छ । त्यस्तै ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

लकडाउन कर्फ्यु जस्तो कडा नहुने तर लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने गृहमन्त्रालयले जनाएको छ ।

लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।