आज औंसी, भुलेर पनि गर्नुहुदैन यी १२ काम

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
49 Shares


काठमाडौँ /आज औंसी । यसलाई चैते औंसी पनि भनिन्छ । कृष्णपक्ष तिथिको चर्तदशीको भोलिपल्टको दिनलाई औंसी भनिन्छ ।हिन्दु धर्ममा आस्था राख्नेहरुका लागी औंसीको दिन विशेष महत्वपुर्ण हुने गर्दछ । यस दिन हलो बार्ने चलन छ । बर्षको अन्तिम औंसी भएकाले यस दिन केहि धार्मीक रितिस्थिति मान्नु आवश्यकता रहने मान्यता छ ।

औंसीको दिन दान गर्ने तथा पुर्वजलाई सम्झिने परम्परा छ । यस दिन धार्मिक तीर्थ स्थलमा नुहाउनु शुभ मानिन्छ । तर यस दिन केहि कामहरु गर्न वर्जित गरीएको छ । धार्मिक मान्यता अनुसार औंसीको दिन १२ काम गर्नुहुदैन ।

१ औंसीको दिन अबेरसम्म सुत्नु हुदैँन । यस दिन सूर्योदय पुर्व उठ्नु पर्दछ ।
२ यस दिन तामसिक अर्थात प्याज, लसुन, माछामासु, मदिराको प्रयोग गर्नुहुदैन ।
३ यस दिन विशुद्ध सात्विक भोजन मात्र ग्रहण गर्नुपर्दछ ।
४ औंसीको दिन नुनको सेवन गर्नुहुदैन ।
५ अवस्था अनुसार सकेसम्म औंसीको दिन व्रत बस्नु पर्दछ ।
६ यस दिन घरलाई अँध्यारो राख्नु हुदैन ।
७यस दिन घर आएका कोहि पनि ब्यक्तिलाई खाली हात पठाउनु हुदैन ।
८सकेसम्म औंसीको दिन दान धर्म गर्नुपर्दछ ।
९ औंसीको दिन कालो रंगको कपडा पहिरिनु हुदैन ।
१०बिहान उठ्नासाथ नुहाएर हल्का रंगको सफा कपडा धारण गर्नुपर्दछ ।
११ औंसीको दिन आफ्नो रिसमा नियन्त्रण गर्नुपर्दछ ।
१२यस दिन आफुमा ब्रम्हचर्यको पालना गर्नुपर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली जनसंम्पर्क समिती अमेरीकाको अध्यक्षबाट गोरख (आनन्द)  बिष्टलाई हटाउने निर्णय
  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…