बेलायतमा तीन साता लकडाउन

प्रकाशित मिति:

काठमाडौं/कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ ।प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् ।जोनसनले सोमवार साँझ एक टिभी सम्बोधनमा सबै बेलायती घरपरिवारलाई घरमा नै बस्न आग्रह गरिएको छ ।उनीहरुले सरकारको निर्देशन उल्लघंन गरे पुलिसले नै जरिवाना लिन सक्ने अधिकार दिइएको छ।

पुस्तकालयहरू, खेल मैदानहरू र आउटडोर जिमहरू र पूजा गर्ने ठाउँहरू बन्द गर्न आदेश दिइएको छ। दुई भन्दा बढी व्यक्तिको सबै सार्वजनिक जमघट एकै घरका सदस्यहरू बाहेक० प्रतिबन्ध गरिएको छ ।बेलायतमा अहिलेसम्म ३३५ जनाको मृत्यु भएको छ भने ६ हजार ६५० जनामा संक्रमण देखिएको छ ।