बुटवलबाट लकडाउनको अवज्ञा गर्ने पक्राउ

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
38 Shares


रुपन्देही –  सरकारले जारी गरेको लकडाउनको सुचना अवज्ञा गरि बजारमा हो हल्ला गर्दै हिड्ने २ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बुटवलको राजमार्ग चौराहाबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए । मादक पदार्थ सेवन गरेर मोटरसाईकलमा हल्ला गर्दै हिंडेको भेटियो,

उनले भने, बुटवलकै वर्ष ३३ का हेमन्त घिमिरे र वर्ष ४५ का नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएका हौं । संवेदनशील अवस्थामा हल्ला गर्दै हिंडेकाले पक्राउ गरेको उनले बताए । उनीहरुले प्रयोग गरेकोे स्कुटर र मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया