फेरि कोरोना भाइरस चीनको वुहानमा देखियो

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


एजेन्सी  –  कोभिड १९ अर्थात कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा फेरि कोरोना भाइरस देखा परेको छ ।पाँच दिनसम्म शून्य भएपछि फेरि भाइरसको संक्रमण देखा परेको बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रण हुँदै वुहानमा शून्यमा आएको कोरोना भाइरसको प्रकोप फेरि देखा परेपछि चिकित्सकहरु चिन्तित भएका छन् ।

नयाँ भाइरसका रुपमा देखा परेको कोभिड १९ पहिलोपटक चीनको वुहानमा देखा परेको थियो । अहिले चीनमा आन्तरिक भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस सङक्रमण घट्ने क्रम जारी रहेको छ । चार हप्ताअघि त्यहाँ सङ्क्रमण दर उच्च रहेको थियो । युरोपमा भने भुसको आगो जसरी फैलिइरहेको छ ।nepaliheadlines

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा