कोरोना कोषमा कांग्रेसले ५० लाख रूपैयाँ जम्मा गरिदिने

११ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
7 Shares


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सरकारले बनाएको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोष कोषमा ५० लाख रुपैयाँ जम्मा गरिदिने भएको छ।

कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा कांग्रेसले आफ्नो तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको छ,’ शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले कोरोनाविरुद्धको संघर्षमा आफूहरु सबै एक साथ रहेको पनि बताएका छन्।

यसअघि कांगेसका सघीय सांसदहरुले १५ दिनको तलब सरकारले बनाएको कोषमा जम्मा गर्ने निर्णय गरेका थिए। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीका संघीय सांसदहरुले १५ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका छन्। यस्तै, ५ नम्बर प्रदेशसभाका कांग्रेसका सांसदहरुले पनि १५ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?