सरकारले घरवाहिर ननिस्कन गरेको आदेशको कार्यान्यन ,जिल्लाका सबै क्षेत्रका बजार वन्द ।

प्रकाशित मिति:

डिलाराम भुसाल  कपिलबस्तु ११ चैत्र  नेपालभर कोभिड–१९ को सङ्क्रकरण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्था बाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन कपिलवस्तु को १० वटा स्थानिय तहको सवै स्थानमा प्रभावकारी देखिएको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताएका छन् । खाद्यान्य, ग्यास, औषधी पसल वाहेकका सवै पसल वन्द भएका छन् । जिल्लाको कृष्णनगर, वहादुरगंज, महाराजगंज, सिमावर्ती क्षेत्र खुनुवा, चाकलचौडा, हथिहवा, पकडी, लवनी, जिल्ला सदरमुकाम तौलीहवा, चन्द्रौटा, गोरुसिगे, ४ नम्मर जितपुर वनगाई गोरुसिङ्गे लगाएत भित्री गाँउ र वजारमा बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्णसमर्थन देखिएको छ । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको पाएको छ ।
आदेश कार्यान्वयनका लागि बिहानैदेखि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र शसत्रप्रहरी मातहका प्रहरी निकायको सक्रियता वढेको छ । प्रहरीले माईकिङ गरि जानकारी गराउदै हिडेको छ । बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको थियो । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ ।
जिल्लाका सवै क्षेत्रका मुख्य वजारहरु वन्द भएका छन् । सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो । यसअघि जिल्लाका विभिन्न स्थानबाट प्रातःभ्रमण र कामका लागि घरबाट निस्कनेका कारण चहलपहल हुने गरेको सडक तथा स्थान आज भने सुनसान भएको थियो । प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गरेको थियो । यद्धपी फाट्फुट् राजमार्गमा मोटरसाईलक लिएर र सडकमा सर्वसाधारण हिड्ने गरेको भएपनि प्रहरीले सुरक्षीत रुपमा घरमा वस्न आग्रह गरेको थियो ।

यसै बिचलकडाउन अवज्ञा गर्दै सडकमा चलेका १४३ सवारी साधान र १४ जनालाई नियन्त्रणमा
सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै कपिलवस्तुमा सडकमा चलेका १४३ सवारी साधान र १४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, जिल्ला ट्राफिक प्रहरी कार्यालयले साना ठुला गरि १ सय ४३ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक सुनिल मल्ले बताएका छन् । प्रहरीले बिहानैदेखि सक्रियता संगै माईकिङ गरि सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । आग्रहलाई वेवास्ता गरि हिडेका स्कुटि, मोटरसाईकल, ३ पाङग्रे सवारी साधान सहित १४ व्यक्तिलाई नियन्त्रण लिई कार्वाहि गरेको मल्लले वताएका छन् । प्रहरीले सिमावर्ती क्षेत्र, कृष्णनगर, चन्द्रौटा, गोरुसिगे, ४ नम्मर जितपुर, लगाएत क्षेत्रका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ ।