सियारीको जनाता मावि क्वारिन्टाईनका रुपमा प्रयोग

प्रकाशित मिति:

सियारी ११ चैत्र । कोरोना भाइरस ९कोभिड –१९० रोकथामका लागि सियारीमा क्वारिन्टाइन बनाईने भएको छ । सोमबार सियारी गाउँपालिकाको कार्यपालिका बैठक तथा सरोकारवालाहरुको बैठकले ७२ घण्टा भित्र सियारीमा क्वारिन्टाईन निर्माण गर्ने निर्णय गरिएको थियो । सोहि विषयलाई लिएर मंगलबार सियारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, स्वास्थ्यकर्मी सहितको टोलिले क्वारिन्टाइन निर्माण गरिने स्थलको निरिक्षण गर्नु भएको छ । अनुगमनका क्रममा सियारी–७ अमुवामा रहेको जनता मा।वि।मा हाललाई क्वारिन्टाईन बनाईने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । जोखिमलाई मध्यनजर गर्दै अवाश्यक परेको खण्डमा गाउँपालिकाको अन्य वडा तथा ठाउँहरुमा क्वारिन्टाईन र आईसोलुसन निर्माण प्रकृया अघि बढाईने समेत उहाँले जानकारी दिनु भएको छ । स्वास्थ्य ठुलो कुरा भएकोले संघिय तथा प्रदेश सरकारको सहकार्यमा गाउँपालिकामा सचेतनामुलक विभिन्न कार्य गरिरहेको तथा अगामी दिनमा पनि निरन्तरता दिईने उहाँको भनाई छ ।
क्वारिन्टाइनमा रहनेहरुलाई स्वास्थ्य परिक्षण, अवास, खानाको ब्यवास्था, एम्बुलेन्स सेवा लगाएत गाउँपालिकाले ब्यवास्था मिलाउने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो । साथै गाउँपालिकाको निर्देशन अनुसार कार्य गर्न समेत गाउँपालिका बासिलाई उहाँले अग्रह गर्नु भयो ।

कोरोना रोकथाममा जनप्रतिनिधिको साथमा कर्मचारीहरुको पुर्ण सहयोग रहने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मिनप्रसाद भट्टाराईले बताउनु भयो ।
जोखिमको समयमा नआत्तिन तथा सचेत रहन वडा नं। ७का वडा अध्यक्ष सरोज अधिकारीले गाउँबासिलाई आग्रह गर्नु भयो । कोहि संकस्पद देखिए चिकित्सकको सल्लाह लिन समेत उहाँले सवैलाई अग्रह गर्नु भयो । सियारी–७ अमुवामा रहेको जनता मा।वि। क्वारेन्टाइनका लागि उपयुक्ता रहेको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले बताउनु भयो । सियारीका विभिन्न स्वास्थ्य संस्थाबाट हेल्पडेस्क संचालनमा ल्याइएको उहाँले जानकारी दिनु भयो । अनुगमन तथा निरिक्षणमा गाउँपालिका अध्यक्ष अयोध्या थारु, उपाध्यक्ष अमृता गुरुङ्ग, प्रमुख प्रसशाकीय अधिकृत मिन प्रसाद भट्टारई, वडा नं। ७का वडा अध्यक्ष सरोज अधिकारी, स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्ति, कार्यपालिका सदस्यहरु देवकी खेरेल, लक्ष्मि वि।क। विष्णु रायमाझी, हर्नैया स्वास्थ्य चौकी इन्चर्ज प्रेमनारायण सुवेदी, मैनैया स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र रिजाल, समाजसेवि अबिराम वि।क लगाएतले क्वारेनटाइन राख्ने स्थलको निरिक्षण गर्नु भएको थियो ।  गाउँपालिकाले पालिका भित्र भोज–भतेर, समारोह पार्टि तथा समुहमा बस्न रोक लगाएको छ । सचेतना मूलक ब्यानर प्रचापम्प्लेट माईकिङ्ग, लगाएतका कार्यहरु गर्दै आएको छ । भाइरसको जोखिमलाई मध्यनजर गर्दै साप्ताहीक हाटबजार बन्द, सवारी अवागमनमा रोक, पसल, होटेल तथा रेष्टुरन्ट बन्द गरिएकोे छ । संघिय सरकारले जारि गरेको सुचना अनुसार सियारीमा पनि लकडाउन गरिएको छ ।