वृद्ध मानिसमा कोरोनाको उच्च जोखिम, यसरी राख्नुहोस् सुरक्षित

प्रकाशित मिति:

एजेन्सी /कोरोना भाइरसको संक्रमणले अहिले पुरा विश्व आक्रान्त छ । पुरा विश्व यसबाट बच्न बिभिन्न उपायहरु अपनाइरहेका छन् ।यस रोगको भाइरसले जुनै उमेरका मानिसलाई सजिलै शिकार बनाउने गरेको छ । तर अस्थमा, मधुमेह, मुटुरोग लगायतका रोगका बिरामी सहित ६० बर्षभन्दा माथिका मानिसमा यस रोगको संक्रमण हुने खतरा उच्च हुन्छ ।

वृद्ध मानिसमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कोरोना भाइरसको संक्रमण हुने जोखिम हुन्छ । यस्तोमा वृद्ध बुजुर्ग मानिसको विशेष ख्याल राख्नु आवश्यक हुन्छ ।

यस्तो छ वृद्ध मानिसको ख्याल राख्ने टिप्सहरु

घर भित्रै बस्ने:६० बर्षभन्दा माथि उमेरका मानिसहरु अनिवार्य घर भित्रै बस्नु पर्दछ । इन्फेक्शनबाट बच्न बुजुर्गलाई घरभित्रै राखेर सम्पुर्ण आवश्यक सुविधा उपलब्ध गराउनु पर्दछ ।विशेषत यस उमेरभन्दा पाका मानिसले विशेष सावधानी अपनाउनु पर्दछ ।तापमानमा निगरानी:वृद्ध मानिसको शरीरको तापमान बारम्बार परीक्षण गराइरहनु पर्दछ । दैनिक ५ पटकभन्दा बढि शरीरको तापमान जाँच गर्नुपर्दछ ।साधारण फ्लू देखिएमा पनि तत्काल स्वास्थ्य संस्था वा चिकित्सकको परामर्श लिनु पर्दछ ।ताजा भोजन गर्ने:वृद्ध मानिसहरुमा रोगप्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले इम्युनिटी सिस्टम दह्रो पार्ने खानपानमा ध्यान दिनुपर्दछ ।यसका लागी घरभित्र बनाएको ताना खाना पर्याप्त मात्रामा खानु पर्दछ । बाहिरको खाना वा प्रोसेस्ड खाना खानु हुदैन ।

प्रविधिको सहरा लिने:घरभित्र पुरै समय बिताउन वृद्ध मानिसलाई ग्राहो हुन्छ । यस्तोमा वृद्धहरुलाई प्रविधि मैत्री बनाएर उनीहरुलाई भुलाउन सकिन्छ ।नजिकका वा आफन्तजनमा कुराकानी गर्न टेलिफोन वा सामाजिक सञ्जालको प्रयोगमा जोड दिनु पर्दछ ।सरसफाइमा ध्यान दिने:कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य रुपमा सरसफाइमा ध्यान दिनुपर्दछ ।पटक पटक हात धुने, बाहिरी संसर्गमा नरहने, नियमित नुहाउने लगायतका काममा वृद्धलाई सक्रिय राख्नुपर्दछ ।