१०३ वर्षे वृद्धको बिहे, ६६ वर्ष कान्छीसँग

प्रकाशित मिति:

एजेन्सी /सामान्यतया विवाहको उमेर कति होला रु न्युनतम २० वर्षभन्दा माथि । तर हामी कहाँ अधिकाशं मानिसले २५ वर्षको आसपासको उमेरमा मात्र विवाह गर्दै आएका छन् ।यदाकदा कतैकतै ४० वर्षपछि पनि विवाह हुने गरको छ । तर कोहि मानिसले एक शताब्दी भन्दा बढिको उमेरमा पुगेर विवाह गर्ला रु त्यो पनि आफुभन्दा झण्डै ७ दशक कान्छीसँग ।इण्डोनेसियाको साउथ सुलावेसीका निवासी १०३ वर्षका वृद्धले आफुभन्दा ६६ वर्षीय कान्छी महिलासंग विवाह गरेका छन् ।

१०३ वर्षका पुवागं कट्टेले ३७ वर्षीय इण्डो अलंगका साथ विवाह गरेका हुन् । यी दुईको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैले यस विवाहका बिषयमा आलोचना गरेका छन् ।स्थानीय सञ्चारका अनुसार पुवांग रिटायर्ड डच कर्नेल हुन् । उनले सन् १९४५–१९४९ को युद्ध लडेका थिए । जतिवेला उनी युद्धमा थिए त्यसबेला उनकी दुलही इण्डो जन्मेकि समेत थिइनन् ।विवाहमा उमेरको फरक त छदै छ, अझ यसमा दाइजोको प्रथा समेत जोडिएको छ । यस विवाहमा बेहुली पक्षले बेहुलाई दाइजो दिएन ।पुवांगले इण्डोसंग विवाह गर्ने बेहुली पक्षलाई करीब ४० हजार रुपैया र एउटा सुनको औंठी दिई विवाह गर्न मनाएका थिए । विवाहपछि नवजोडी पुवांगको निवासमा बस्दै आएका छन् ।-खबरहब बाट