जुवा खालबाटै पक्राउ परेका ९ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले जुवा मुुद्धा चलाउने

प्रकाशित मिति:

जुवा खालबाटै पक्राउ परेका ९ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले जुवा मुुद्धा चलाउने भएको छ । बुटवलको बेलवासबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका ९ जनालाई प्रहरीले मुद्धा दर्ता गर्ने तयरी गरेको हो । हिजो साँझ बेलवासको एक घरबाट जुवा खेल्दै गरेका ९ जनालाई इलाका प्रहरी कार्यलय बुटवलको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा स्थानीय एनवी गुरुङ, बोदराज कार्की, मिन बहादुर गाहा, डिल वहादुर थापा, महेन्द्र थापा, बाबुराम आचार्य, राम प्रसाद भट्टराई, शेर बहादुर गुङग, छम बहादुर थापालाई रहेको इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिलवहादुर मल्लले जनाकारी दिनुभयो । प्रहरीले जुवा खालबाट दुइलाख नगद समेत बरामत गरेको थियो । पक्राउ परेका नौ जनालाई इलाका प्रहरी कार्यलय बुटवलमा राखीएको छ ।