अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँचरपाँच हजार रुपैयाँ दिने

प्रकाशित मिति:

काठमाडौं, चैत्र १२ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँचरपाँच हजार रुपैयाँ दिने बताएका छन् । कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप सो रकम दिने खबर भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड बीओसीडब्लू मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ । बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन् । अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।