प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस निणन्त्रण कोषमा महासंघको सहयोग

१२ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
3 Shares


बुटवल, १२ चैत । प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको नोभेल कोरोना भाईरस नियन्त्रण कोषमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँच समितिले २ लाख ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) का कारण देश विषम परिस्थितीमा परेको र यस समयमा राष्ट्र र जनतालाई बचाउनकालागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बिभिन्न प्रयासहरु भईरहेको सन्दर्भमा उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका कार्यसमिति सदस्य उज्जल कसजुले जानकारी दिनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले प्रदेश पाँच सरकारले स्थापना गरेको उक्त कोषमा २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको हो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका अध्यक्ष गुणनिधी तिवारीले बुधबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पत्राचार गरेर महासंघले प्रदेश सरकारले स्थापना गरेको नोभेल कोरोना भाईरस नियन्त्रण कोष उद्योगी व्यबसायीको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी समेत गराउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिदेशबाट आई होम क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य जांच,सबैको स्वास्थ्य अवस्था…
  • सिरहाको लहानमा राहत स्वरुप काक्रो बितरण
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • लालबन्दीमा लक डाउन प्रभावितलाई राहत दिन सुरु, शिक्षक महासंघ र…
  • मंगलबारको दिन भगवान गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद