लक डाउनको पालना गर्न सबैमा राप्ती गाउँपालिका अध्यक्षको आब्हान

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली चैत्र १२, पाखापानी(देउखरी दाङ) दाङ जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले कोरना भाईरसको संक्रमण बाट बच्न सरकारले लगाएको लक डाउनको पुर्ण रुपले पालना गर्न सम्पुर्ण राप्ती वासी तथा आम नागरिकलाई अनुरोध गर्नु भएको छ । पछिल्लो समयमा विश्वब्यापी रुपमा महामारीको रुपमा फैलदै आएको कोभिड १९ अर्थात कोरना भाईरस बाट बच्ने सबैभन्दा राम्रो उपाए भनेको आ आफ्नो घरमा बस्ने, अरु ब्यत्ति बाट करिव ३ फीट दुरीमा रहने, सफा खाने, समय समयमा साबुनले मिचिमिचि हात धुने गर्न आवस्यक रहेकोले अध्यक्ष सुवेदिले घरमै बसेर भाईरस बाट बच्चका लागि सरकारले लगडाउन गरेकोले सो नियमको पालना गर्न अनुरोध गर्नु भएको हो ।

गाउँ र बजार क्षेत्र रहेको राप्ती गाउँपालिकामा करिव ५२ हजार नागरिकको बसोवास रहेको छ । १० हजार बढि घरधुरी रहेको गाउँपालिका क्षेत्रमा ९ वटा वडामार्फत नागरिकलाई गाउँगाउँमा पोस्टर, पम्मलेट, रेडियो,टेलिभिजन मार्फत सुचना प्रशारण गर्दै कोरना भाईरस बाट बच्च र अरुलाई पनि बचाउन प्रत्यक ब्यत्ति सुरक्षित घरमै बस्न अनुरोध गरेको गाउँपालिका अध्यक्ष सुवेदिले बताउनु भएको छ ।अध्यक्ष सुवेदिले अव को दिनमा अत्यावस्यक र आपतकालीन घटना बाहेकमा घर बाहिर निस्कने, धेरै जना जुट्ने, अरुको घरमा भेटघाट गर्न जाने, खुराफाति गर्ने, अनावस्यक अफवाह फैलाने ब्यत्ति रोग सार्न हिडेको बुझ्नुपर्ने र कानुनी कारवाहि गरिने, सरकारको नियम नमान्नेले सजायको भागीदारहुनपर्ने बताउनु भएको छ ।राप्ती गाउँपालिका अध्यक्ष सुवेदिने सबै नागरिक घरमै बसेर रोग फैलन बाट जोगीन र जोगाउन सबैमा हार्दिक अनुरोध समेत गुर्नभएको छ ।