सियारीमा क्वारिन्टाईन निर्माण सम्पन्न

१२ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सियारी/कोरोना भाइरस कोभिड१९ रोकथामका लागि सियारी–७ अमुवा स्थित जनता मा।विमा क्वारिन्टाइन निर्माण गरिएको छ । सोमबार सियारी गाउँपालिकाको कार्यपालिका बैठक तथा सरोकारवालाहरुको बैठकले ७२ घण्टा भित्र सियारीमा क्वारिन्टाईन निर्माण गर्ने निर्णय गरेको थियो । सोहि विषयलाई लिएर बुधबार सियारी गाउँपालिका ७ अमुवामा रहेको जनता मा।वि।मा क्वारिन्टाइन निर्माण गरिएको सियारी गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो ।

क्वारिन्टाइनमा रहनेहरुलाई स्वास्थ्य परिक्षण, अवास, खानाको ब्यवास्था, एम्बुलेन्स सेवा लगाएत गाउँपालिकाले ब्यवास्था मिलाउने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो ।जोखिमलाई मध्यनजर गर्दै अवाश्यक परेको खण्डमा गाउँपालिकाको अन्य वडा तथा ठाउँहरुमा क्वारिन्टाईन र आईसोलुसन समेत निर्माण प्रकृया अघि बढाईने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । जोखिमको समयमा नआत्तिन तथा सचेत रहन समेत उहाँले सवैलाई अग्रह गर्नु भयो ।

विदेशबाट आएका तथा १००।४ डिग्री फोरेनाईट भन्दा माथि ज्योरो आएमा, खोकी तथा सास फेर्ना गाह्रो भएमा वा यस खालको लक्षण देखिएमा जोकोही नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले अनुरोध गर्नु भयो । साथै सकेसम्म आफ्नै घरमा सुराक्षित क्वारिन्टाइनमा बस्न वा गाउँपालिकाले निर्माण गरेको क्वारिनटाइनमा बस्न उहाँले अनुरोध गर्नु भयो ।

यस अघि सियारीका विभिन्न स्वास्थ्य संस्थाबाट हेल्पडेस्क संचालनमा ल्याइएको र गाउँपालिकाले पालिका भित्र भोज–भतेर, सभा–समारोह पार्टि तथा समुहमा बस्न रोक लगाएको छ । सचेतना मुलक ब्यानर प्रचापम्प्लेट माईकिङ्ग, लगाएतका कार्यहरु गर्दै आएको छ । भाइरसको जोखिमलाई मध्यनजर गर्दै साप्ताहीक हाटबजार बन्द, सवारी अवागमनमा रोक, पसल, होटेल तथा रेष्टुरन्ट बन्द गराएको छ । संघिय सरकारले जारि गरेको सुचना अनुसार सियारीमा पनि लकडाउन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला