कोरोना सक्रंमण रोक्न पर्वत को रानिपानी वाडले गर्यो बिदेश बाट आएकाको खोजी

१२ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
581 Shares


पर्वत / पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानिपानीले बिदेशबाट गाउँमा आएका स्थानीय र पर्यटकहरुको खोजी गरेको छ ।बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि बिदेशबाट फर्केकाहरुको खोजी गरिएको वडा अध्यक्ष रण बहादुर आलेले बताए ।

बिदेशबाट फर्केर गाउँमा आएकाहरु खास गरी भारत कतार र दुवइ लगायतका कोरोना प्रभावित देशबाट आएकाहरुको खोजी गरी उनीहरुलाई क्वारेन्टाईनमा बस्न आग्रह गरिएकोे जानकारी अध्यक्ष आलेले दिए ।उनका अनुसार चैत्रमहिनामा कतारबाट फर्केका १ जना भारतबाट ४ र दुवइबाट फर्केका ३ जनाको नामसमेत सार्वजनिक गरि घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ । यसरी नाम सार्वजनिक गर्दा उनीहरुबाट क्वारेन्टाइनको पालना हुने उनको बुझाइ छ ।

‘विदेशबाट फर्किएकाहरु गाउँमा आएपछि धेरै बाहिर भेटघाट गर्ने, यदि संक्रमित हुनुभएको रहेछ भने गाउँमा फैलन सक्ने हुँदा नाम खुलाइएको हो’ उनले भने। घरमा क्वारेन्टाइनमा बस्न नमानेको अवस्थामा गाउँमा क्वारेन्टाइन बनाएर राख्ने तथा कानुन अनुसार को कारवाहीको योजना समेत वडाले बनाएको उनले बताए ।‘बिदेशबाट फर्केका सबै मानिसमा कोरोनाको संक्रमण नभएको हुन पनि सक्छ, १४ दिन घरमै क्वारेन्टाइनमा बस्दा संक्रमण भएपनि फैलन नदिन सहयोग पुग्ने उनको भनाइ छ ।वडाले आजै देखि कोरोना सम्बन्धि सचेतना कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको जानकारी दिँदै उनले अभियानलाई नागरिकले समेत सकरात्मक रुपमा लिएको र साथ दिएको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया