असुरक्षित मास्क वितरण नगरौं : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ

प्रकाशित मिति:

स्वस्थ्य व्यक्तिको लागि मास्कको आबश्यकता छैन | अझ घरमा बसेको बेला मास्क लगाउनु जरुरी हुँदैन | मास्क लगाउने ३ वटा समुहले मात्र हो |
१. संक्रमित व्यक्तिले – अन्य व्यक्तिलाई नसरोस् भनेर |
२. रुघाखोकी लागेका व्यक्तिले |
३. बिरामीसंग प्रतक्ष्य सम्पर्कमा रहने स्वास्थ्यकर्मीले |

मास्कको सर्टेज भएसंगै अहिले धमाधम कपडाको मास्क सिलाएर बाँड्ने लहर चलेको छ | कपडाका मास्क लगाउनु तथा मेडिकलले बेच्ने सर्जिकल मास्क लगाउनु भनेको नाकमुखमा भलिबलको जाली लगाएजस्तै हो | यी मास्कले ४.५ नानोग्राम भन्दा सानो कोरोना भाइरसलाई रोक्न सक्दैनन् |

मास्क सिलाउने वा बनाउने हो भने सरकारले विदेशबाट फिल्टर किनेर मास्क बनाउनेलाई वितरण गर्नुपर्दछ | फिल्टर भयो भने सुरक्षा हुनेछ |
जुनसुकै पनि मास्क एयर टाइट हुने गरि मुहारमा लगाउनुपर्छ | मास्क प्रयोग गरेपछि सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ | खल्तीमा, ब्यागमा राख्नु हुँदैन | घरभित्र लैजानु हुँदैन | मास्कलाई हातले छुनु हुँदैन | कपडाको मास्कमा चारैतिरबाट हावा छिर्ने सम्भावना धेरै हुन्छ | कपडाको मास्क धोएर प्रयोग गर्दा त्यसका तन्तु खल्बलिएर झन् ठूला प्वाल पर्दछन | त्यस्तै फोमका मास्क झन् छिद्रवाला हुन्छन् | बजारमा जस्ता पायो त्यस्ता मास्क किन्नु हुँदैन | मास्क सुरक्षाको लागि लगाउने हो, फेसनको लागि हैन | अप्रमाणित / असुरक्षित मास्क निर्माण तथा वितरणमा रोक लगाउनु पर्छ |

स्वास्थ्यकर्मी जो कोरोना संक्रमित व्यक्तिसंग प्रतक्ष्य रुपमा संसर्गमा रहन्छन्, उनीहरुको लागि सरकारले N 95 मास्क उपलब्ध गराउनु अनिबार्य छ | कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकोले स्वास्थ्यकर्मीले गगल्स लगाउनु जरुरी छ | हेड क्याप, फेस शिल्ड, हियरिंग एड, respiratory device, गाउन, ग्लोभ्स, shoes लगायत लगाउनको लागि तथा ह्याण्ड स्यानिटाइजर, ह्याण्ड वास लगायतका सामग्री उपलब्ध गराउनु पर्दछ |