कोरोना संक्रमण : रोगभन्दा भ्रम घातक छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ / भोलेन्टियर

१२ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


कोरोना संक्रमणको समाचारले गर्दा धेरै व्यक्तिहरु आत्तिएका छन् | समाजमा धेरै भ्रम तथा हल्ला उम्रिएका छन् | अहिले यस्तो स्थिति छ, मानौं कोरोना लाग्ने बित्तिकै मृत्यु भइहाल्छ | यसको मृत्युदर ०.७ देखि ३.५ % मात्र छ भन्ने वास्तविकता हामीले बिर्सिनु हुँदैन | यस आलेखमा कोरोना संक्रमणको यथार्थता प्रस्तुत गरेको छु |
– विश्वका १७७ देशमा कोरोना संक्रमण पुगेको छ | यो समस्या हाम्रो मात्र हैन, संसारको समस्या हो | हामी नेपाली निकै भाग्यमानी हौँ | अहिलेसम्म हामीले यो समस्यासंग पीडाजनक युद्ध गर्नुपरेको छैन |
– सुरुमै कोरोना संक्रमण नेपालमा आएको भए हाम्रो अकल्पनीय क्षति हुने थियो | यो ढिलाइको कारण हामीले प्रशस्त अनुभव गर्न पायौं, संसारको पीडा बुझ्न पायौं, रोकथामका नयाँ नयाँ उपाय अबलम्बन गर्न पायौं, यसको घातक प्रभाव थाहा पायौं, मास्क / स्यानिटाइजर तथा खाधान्नको अभाव नेपालमा मात्र हैन बिकसित देशमा पनि हुँदोरहेछ भन्ने तथ्य थाहा पायौं | अर्थात मानसिक र भौतिक तयारी गर्ने समय पायौं |
– सरकारले स्टेप बाइ स्टेप कदम चल्न पायो | लक डाउनको लागि मानसिक रुपमा सरकार र जनता तयार भयौं | सरकारको शक्ति र कमजोरी थाहा पायौं | थाहा पाउनु भनेको समाधानको बाटोमा हिंड्नु पनि हो |
– कोरोना संक्रमण त्यति घातक रोग हैन | यो छिट्टै फैलिन्छ तर रुघाखोकी जस्तै कम खतरनाक छ | उदाहरणको लागि आजको दिनसम्म विश्वमा १२६१२० जना अर्थात् 95 % मा सामान्य लक्षण देखिएका छन् ,जुन आराम / झोलिजो खाना तथा लाक्षणिक उपचारले ठिक हुन्छन भने ६९४२ जना अर्थात ५ % मा मात्र गम्भीर लक्षण देखिएका छन् | ती ५ % मा पनि एकदम थोरैको मृत्यु हुन्छ | त्यो मृत्यु ‘ मृत्युको डिलमा पुगेका ‘ व्यक्तिको मात्र हुन्छ |
– यो रोग बिकसित देशमा धेरै फैलिएकोले लाखौँ अनुसन्धान, औषधि तथा खोपमा प्रगति एबम आपसी हातेमालो सार्थक भइरहेको छ | औषधि तथा खोपको प्रयोग धनी देशबाट सुरु भएको छ |
– धेरैलाई भ्रम छ कि ब्लडप्रेसर र सुगर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा छ भन्ने | त्यो अल्प सुचना मात्र हो | जन्मजात मधुमेह भएका, मधुमेहको अन्तिम स्टेजमा पुगेर किड्नी लगायतका अंग खराब भएका तथा ब्लडप्रेसर हुँदै मुटुको असाध्य रोग लागेका व्यक्तिलाई जोखिम छ भनेको हो | सामान्य ब्लडप्रेसर र मधुमेह भएका एबम औषधिले प्रेसर र सुगर नियन्त्रण भएका व्यक्तिलाई जोखिम छैन |
– बालबालिकालाई जोखिम भनिएपनि अहिलेसाम विश्वको डाटा हेर्ने हो भने नगन्य रुपमा यसको घातकता देखिएको छ | सय बर्ष काटेका धेरै बुढाबुढी यो रोगबाट सजिलै निको भएका छन् | तसर्थ जोखिम बर्ग जनरलाइज गर्नु हुँदैन | त्यसलाई भयो भने मलाइ पनि हुन्छ भन्ने छैन | हरेक व्यक्ति फरक फरक हो | यो मौलिकता हामीले बुझ्नुपर्छ |
– मास्क, स्यानिटाइजर लगायतका सामान हुँदा राम्रो हो तर नहुँदा पनि असुरक्षित महशुष गर्नुपर्दैन | कोभिड – १९ बाट बच्ने अचुक उपाय भनेको घरमै बस्ने, हात धोइरहने तथा आफुलाई शारीरिक एबम मानसिक रुपमा बलियो बनाउने नै हो |
– महामारी तथा प्राकृतिक बिपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट कुरा तथा अनधिकृत बिषयले धेरैलाई पीडा दिएको हुन्छ | रोग लाग्नु भन्दा पहिले विक्षिप्त हुनु भनेको आफुले आफ्नो लागि खाल्डो खनेर खस्नु जस्तै हो | हाम्रो देशमा कोरोना संक्रमण ब्यापक भयो भने ती व्यक्ति सजिलै बाँच्नेछन् जो मानसिक रुपमा बलिया हुन्छन | शरीर गाडी हो भने मन त्यसको ड्राइभर हो | ड्राइभर विक्षिप्त भयो भने जस्तो सुकै बलियो गाडी भए पनि दुर्घटनामा पर्छ | हामी सबैले मन बलियो बनाऔं |

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे