विजया दशमीले हवाईर्मागमा पनि भिडभाड

प्रकाशित मिति:

दशैंका लागि काठमाडौंबाट बाहिरिनेको संख्या स्थलमार्गमा मात्रै होइन, हवाईतर्फ पनि उत्तिकै छ । फूलपातीदेखि विदा हुने भएकाले पनि धेरै यात्रु काठमाडौंबाट आफ्नो मूल थलोतर्फ लागेका छन् ।स्थलमार्गबाट जाँदा सकस हुने ठान्नेहरु र सँधै हवाई यात्रा गर्नेहरुको विमानस्थलमा ठूलो भिड देखिन्छ । विदेशबाट आउने धेरै यात्रु पनि आन्तरिक उडानबाटै गन्तब्यमा जाने भएकाले चाप बढेको पाइन्छ ।विदेशमै किनमेल गरेर स्वदेश फर्किएकाहरु पोकापन्तुरा बोकेर यता उता धाउनुको सट्टा हवाई मार्गबाटै जान खोज्छन् ।त्यसो त, बसमा जस्तै जहाजमा पनि टिकट नपाउने समस्या छ । एयरलाइन्सका टिकट काउन्टरहरुमा टिकट लिनेको अत्याधिक भिड देखिन्छ । टिकट नपाएका कतिपय यात्रु निरास देखिन्थे ।बढ्दो चापलाई मध्यनजर गर्दै एयरलाइन्सहरुले नियमित भन्दा बढी उडान गरेपनि त्यसले धान्र सकेको छैन । अग्रिम बुकिङ गरेकाहरू सहजै उडेपनि र समयपरिस्थितिले टिकट लिन नभ्याएकाहरू स्थलमार्ग नै अन्तिम विकल्प ठानेर विमानस्थलबाट बाहिरिएका पनि देखिन्थे ।भरतपुर, भैरहवा, पोखरा, विराटनगर, सिमरा, नेपालगञ्ज, धरानतर्फको उडानमा यात्रुको चाप छ । दशैंमा विभिन्न पर्यटकीय गन्तब्यमा जानेहरु पनि धेरै छन् । चाडपर्वलाई लक्षित गरेर एयरलाइन्सहरुले पनि होलिडे डे टूर प्याकेज ल्याएका छन् ।