गुल्मीदरवार गाउँपालिका वडा ७ द्वारा निशुल्क माक्स वितरण

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी-गुल्मी दरबार गाउपालिका वडा नम्बर ७ ले निशुल्क रुपमा माक्स बितरण कार्य सुरु गरेको छ ।हाल विश्वमै महामारीको रुपमा देखिएको कोरोना कोभिड १९ सङ्क्रमणबाट सुरक्षित गर्नका लागि बाटो आसपासका जोखिमपूर्ण स्थानहरुमा माक्स वितरण गर्ने कार्यक्रम गरिएको छ ।वडा अध्यक्ष टोप बहादुर बस्नेतका अनुसार सम्पूर्ण वडा भरी वितरणको योजना तय गरिए तापनि टोल टोलमा भिड गराउन नहुने स्वास्थ्यकर्मी र सुरक्षा निकायको सुझाव अनुसार बढी सङ्क्रमणको सम्भावना हुने खााध्यान सामाग्री लिने पसल तथा मोटरबाटो आसपासका क्षेत्रमा निस्शुल्क रुपमा मास्क वितरण गरिएको छ ।

अत्याबस्यक परि बाटोमा माक्स नलगाइ यात्रा गर्ने यात्रुहरुलाई प्रहरी मार्फत माक्स वितरण गरिने र उपचारका लागि दरबार देबिस्थान स्वास्थ्य चौकीमा आउने बिरामीहरुलाई त्यहाँबाट पनि वितरण गरिने वडा अध्यक्षले जानकारी गराउनु भयो ।उक्त माक्स वितरण कार्यको नेपाल तरुण दल गुल्मीदरवार गाउँपालिका वडा नं। ७ को सहजीकरण मा कार्यक्रम सन्चालन भएको हो । कार्यक्रममा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका सचिव बिकास टन्डन ,वडाअध्यक्ष टोपबहादुर बस्नेत, प्रहरी चौकी इन्चार्ज बिजय कुमार थारु सहित को उपस्थिति मा माक्स वितरण गरिएको थियो । त्यसै गरी गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले बिभिन्न चोक चोक मा कोरोना सम्म्बन्धि रोकथाम र जनचेतना मुलक ब्यानर मार्फत चारपाला बासि लाइ सुसुजित गत हप्ता देखी गराइरहेको छ।