निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु । सबैलाई घरमै बस्न आव्हान गर्दछु ।

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
77 Shares


काठमाडौं, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै सबैलाई घरमै बस्न आव्हान गरेका छन्।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले बुधबार ट्वीटमार्फत् सन्देश दिँदै घरमै बस्न आग्रह गरेका हुन्। सन्देशमा भनिएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्।

फेसबुकबाट तपाईको प्रतिक्रिया