शाइन रेसुंगाका पांच वटा शाखा १ बजेसम्म खुला

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
252 Shares


सबलपोष्ट बुटवल, १३ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका ५ वटा शाखा खुला राखेको छ । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल ट्राफिकचोक,बुटवलको योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ बजेसम्मका लागि खुला गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकता अनुसार सम्बन्धित जिल्लामा रहेका शाखाहरु खोलिएको पन्थीले बताए । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मंगलबारको दिन भगवान गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख