इटालीमा एकैदिन ६८३ को मृत्यु

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
20 Shares


काठमाडौं । कोरोना भाइरस कोभिड–१९० बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।

चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ । त्यस्तै अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ ।

इटालीपछि दोस्रो सबैभन्दा धेरै मानिसको ज्यान गएको स्पेनमा अहिलेसम्म ३ हजार ६०० भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने ४९ हजार ५०० भन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।अनलाईनखवर वाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बिदेशबाट आई होम क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य जांच,सबैको स्वास्थ्य अवस्था…
  • सिरहाको लहानमा राहत स्वरुप काक्रो बितरण
  • अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
  • लालबन्दीमा लक डाउन प्रभावितलाई राहत दिन सुरु, शिक्षक महासंघ र…
  • मंगलबारको दिन भगवान गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद