प्रदेश १ मा पनि थालियो कोरोनाको परीक्षण

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
26 Shares


सुनसरी/धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ । प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो ।टेकुमा रहेको शुक्रराज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीक्षण गर्न काठमाडौँ लानुपर्ने बाध्यता थियो । सामाजिक विकासमन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकल ल्याएको हो ।

विश्वमै कोरोना भाइरस परीक्षण गर्ने रसायनको अभाव भएको अवस्थामा लगभग १ हजार ५ सय जनालाई पुग्ने रसायन ल्याइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।ल्याइएको रसायन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाइएको छ।केन्द्रीय प्रयोगशालासँग समन्वय गरेर दुई दिनभित्र नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस ल्याव परीक्षण सुरु हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेविसंघ महामन्त्री युवराज पाण्डेयले मागे गृहमन्त्री बादलको राजीनामा
  • उद्योग बाणिज्य संघले आफ्ना सदस्य ब्यबसायीहरुको नि:शुल्क कोरोना विमा गर्ने
  • भीरकोट नगरपालिकामा २८ हप्ते आईपिएम कृषक पाठशाला सम्पन्न
  • मिडिया मैत्री बजेट आएन
  • मुलुकमा बढ्दै गईरहेको जातीय बिभेद बिरुद्ध धकधईका युवा
  • अस्पतालको लापरबाहीले सिरहामा एक महिलाको ज्यान गयो
  • कञ्चनमा निर्माणाधिन स्थलमा शौचालय नहुदा कामदारहरु खुल्ला दिसा गर्न बाध्य
  • बजेटले संस्थागत शिक्षालयलाई उपेक्षा गर्याे : शिक्षाविद
  • दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त
  • रुकुम र देवदह घटनाको छानवीन गर्न समाजवादीको माग