स्वस्थ नै हो सबैभन्दा ठुलो धन । प्रकृतिको अगाडी सबै अस्त्र निकम्मा छन् ।

प्रकाशित मिति:

हरी भटट् अमेरीका । स्वस्थ नै हो सबैभन्दा ठुलो धन । प्रकृतिको अगाडी सबै अस्त्र निकम्मा छन् ।। December Last Week China को Wuhan बाट देखा परेको र हाल विश्वव्यापी महामारीको रूपमा रहेको यस महामारी लाइ वैज्ञानिकहरूले Coronavirus Disease 2019( COVID-19)भनेर नामकरण गरेका छन्।यसको शुरूवाती दिनहरूमा China ले हेलचक्र्यायी गरेको र सुचनादिने र संभावित महामारी ल्याउनसक्ने भनि जानकारी गराउने Doctor Li लाइ गलत सुचना प्रवाह गरेको भनि स्पष्टीकरण सोध्ने र कवुलियतनामा गराउने कामहरू भएपनि अन्ततोगत्वा सत्य-सत्य को नै जीत हुन्छ भने झै Dr. Li लाइ मरोपरान्त प्रशंसा गरेको पाइयो।दुर्भाग्यवश Dr. Li लाइ यसै प्राणघातक COVID-19 ले चुडेर लग्यो।December Last Week देखिएको COvid-19 लाइ China नियन्त्रणमा राख्ने कोशिस गर्दा गर्दै worldwide संक्रमण फैलिदै गयो।उदंगमस्थल हुवान सिटी lock down गर्दा आलोचना खेप्नुपरेपनि संसारभरले आज China को यों तरीक़ा पछ्याएका छन्।संसारभरका वैज्ञानिकहरू रातदिन खटिदापनि यसको vaccine या अन्य medicine पत्तालगाउन असमर्थ छन् ।

संसारभरका वैज्ञानिकहरूलाइ २१ औं शताब्दीको यो नया चुनौती थपिएको छ र सम्पूर्ण राष्ट्रलाइ टाउको दुखाइको बिषय बनेर आएको छ।हिजो “बर्खाको भेल तर्न नसकेर खोलाको एक तिर बाँट अर्को तिर जान नसक्ने मानव चन्द्र-मंगल धरातलहरूमा पहुँच राख्दछ”।संसारमा आविष्कार भएका उपकरणहरू र बस्तुहरूको एक मानव जीवनकालमा हामीले उपभोग र अनुभव लिएर भ्याइदैन।२१ औं शताब्दीको हामी मानव जाती धेरै भाग्यशाली छौ।पुरै पृथ्वी आज सानो घर भएको छ र त संसारको एक कुनाबाट अर्कों कुना भौतिक रूपमा छिनभरमा पुग्नसक्छौ।तरपनि यी सारा आविष्कारहरू लाइ चुनौति दिएको छ covid-19 ले। विभिन्न धार्मिक ग्रन्थहरू तथा दार्शनिकहरूको दर्शनहरू बाहेक व्यावहारिक रूपमा हामीले covid-19 जस्तो महामारी सायद कमै भोगेका छौ।विगतका शताब्दीहरूमा प्लेग,ठेउला,जण्डीस,राइन्डपेस भाइरस,मलेरिया र विगतका बर्षमा पनि sars/ibola जस्ता प्राणघातक virus ले दु:ख नदिएको भने होइन तर यस पटक covid-19 ले विश्वभर तरंग ल्यादिएको छ संसारभरका आर्थिक,राजनैतिक,सामाजिक लगाएत सबै क्षेत्रमा नकारात्मक असर पारेको छर्लंग छ। मानवीय ध्वंस,आक्रमण,आतंक भएको भए आज मिनेटभरमा प्रतिध्वंस,प्रतिआक्रमणहरू हुन्थ्यो र मिनेटको अन्तरालमा संसारभरका आणविक भट्टीहरू, रासायनिक हातहतियारहरूको भय हुने थियो आकाशभर fighter plane,fighter dron,पाण्डुलिपिहरू चलायमान हुने थिए तर यी सबै चलायमान छन् मात्र उद्देश्य त छ मानव-मानव विचको पराजय विजयको लागि होइन covid-19 लाइ पराजय गर्नको लागि।सूक्ष्म परजीवीले आज विश्वभर त्राशको बादल फैलाएको छ।मानिसहरू हिजो आज कम व्यस्त छन् सैनिकका जेटहरूले हातहतियाहरू को सट्टा मेडिकल सामग्री र राहतका प्याकेजहरू बोकेकाछन् वैज्ञानिकहरू Anti virus बनाउन ब्यस्तछन् ।सास्वत सत्य दैवी/ जैवी प्रकोपको अगाडी मानवीय प्रयत्नहरू सबै फितलो हुन्छ भन्नेकुरा प्रष्ट भएको छ।
thunami,earthquake,huriccan,tarneto होस् या के पुर्व सावधानीहरू अपनाउन मात्र सकिन्छ१००% control गर्न सकिन्न।बिशेषत नया रोगहरूलाइ मानवको वसमा ल्याउन केही समय लाग्छ तयर्थ “privation is better then cure”हिजोका दिनहरूमा सुचना,संचार र अन्य प्रविधीहरू एवं उपकरणहरूको यथेष्ट प्रयोग थिएन कठिन थियो कति आविष्कार पनि भएका थिएनन् तर आज यथेष्ट उपकरणहरू,उच्च प्रविधि सहित सुचना तथा संचारको सहायताले सजिलै उपभोग गर्न गराउन सकिन्छ साथै सकारात्मक जानकारीमुलक ज्ञान तथा अनुभवहरूलाइ प्रवाह गरेर हामीले people awareness program हरूलाइ तिब्रता दिन सकिन्छ।सामान्य देखि विभिन्न मुलुकका उच्च तहका व्यक्तिहरू र परिवारमा शिकार वनाइसकेको covid-19 लाइ हामी सबैले आ-आफ्नो ठॉउबाट सकेको सहयोग गरेर मानव जगत् लाइ टेवा पुर्याउन सकिन्छ।यसमा अनुकरणीय उदाहरण Canada को प्रधानमन्त्री को संवोधनलाइ दिन उपयुक्त ठान्दछु जो आफै curantine मा छन् र उनकी श्रीमती covide-19 बाट प्रताडित छिन् जसमा उनले जनतासंग मुख्यत एक मात्र सहयोगको लागी अपील गरेका छन् “तपाइहरू घरमा बसेर सहयोग गिरिदिनुहोस् तपाइहरूको सेवामा राज्य छ तपाइहरूलाइ चाहिने कुराहरू हामी घर-घर पुर्याउछौ।”यो एउटा उदाहरणमात्र हो अन्यन्त्र पनि नभएकाभने होइन।नेपालमा राज्यले lock down को उल्लंघन गर्नेलाइ कैद सम्मको सजाएहुने सुनाएको छ।lock down संग सगै दैनिक उपभोग्य बस्तुहरूको supply कहॉ के कसरी व्यवस्था मिलाउने हो त्यसबारे सर्वसाधारण लाइ सुचित गराउनु पर्दछ साथ-साथै दैनिक ज्याला मजदुरी गरेर विहान वेलुकाको चुलो बाल्ने तमाम मजुदुर र श्रमिहरूको लागि अलग्यै राहतको प्याकेज जारी गर्नु अत्यावश्यक छ । ढिलो भएपनि राज्यले चालेको COvid-19 विरूद्धको कदम प्रशंसनिय छ ।जनताहरूले पनि राज्यलाइ आ-आफ्नो ठाउंबाट सहयोग गर्नु कर्तव्य हो।जे गरेको छ,गर्न खोजिएको छ, मेरो लागि हो,हाम्रै लागि हो भन्ने भावनाले जो जहॉ छौ त्यस ठाउंको नियम कानुनको परिधि भित्र बसेर “आफू सुरक्षित हुदै अरूलाइ पनि सुरक्षित राखौ।”covid-19 विरूद्दको महा अभियानमा कुनै अस्त्र लिएर लड्ने होइन जो जहॉ भएपनि मात्र WHO ले जारी गरेको नियम पालना गरेर बसौ।आफु,परिवार सुरक्षित रहदै समाज,राष्ट र विश्वसमाजलाइ covid-19 को महाप्रकोपबाट सुरक्षित राख्नु हामी सबैको बराबरी कर्तव्य हो “कर्तव्य परायणता नै परम धर्म हो।”covid-19 लाइ छिटो-छिटो धपाउनको लागि निश्चित समय self Quarantine मा बस्नु नै उत्तम उपाए हो।कतिपय व्यापार व्यवसाय,रोजगारी लाइ Quarantine मा बसेर पनि गर्न गराउन सकिन्छ गरौ।नसकिने भएपनि घर-परिवारसंग बसेर सदुपयोग गर्न गराउन सकिन्छ।१,covid-19 संबन्धि सचेतनामुलक कार्यहरूमा विभिन्न माध्यहरूबाट सक्रिय रहन सकिन्छ।२,सृजनशील प्रतिभाहरू(लेखक ,गायक,गितकार,संगीतकार)हरूले नयॉ-नयॉ सृजनाहरूलाइ उत्पादन गर्न सकिन्छ।४,सष्टाहरूले लेख-रचनाहरू तयार गर्न सकिन्छ।५,अन्यले मुभि हेर्न,पुस्तक पढ्न६,केटा-केटीहरूलाइ घरभित्रको सरसफाइ लगाएत काम काज गर्न र अतिरिक्त पाठ्यपुस्तक पढ़ने बानी बसाउन,अतिरिक्त प्रतिभा नाच,गान,भजन,लेख,रचनाहरू गर्न गराउन सकिन्छ।६,शारीरिक व्यायाम,योगा उत्यादी गर्न गराउन सकिन्छ। अन्तमा covid-19 बाट प्रताड़ित संसारभरिका महानुभावहरूप्रती शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस महामारिमा आफ्नो जीवनको प्रवाह नगरिकन कर्तव्य पराणयता संसारका Doctors,Nurses,Medical Workers,Volunters,संचारकर्मीहरू,सुरक्षा निकाय लगाएत सरोकारवालाहरू प्रती हार्दिक नमन गर्दै उहॉहरूलाइ हामीले सकारात्मक थप उर्जा दिनु पर्दछ।Covid—19 संग डराएर भाग्ने होइन त्यो भन्दैमा बल देखाएर जुध्नजाने पनि होइन यो संग मुकाविला गर्ने हो “प्रकृतिका सबै मानवीय हतियारहरू निकम्मा भएको यस समयमा सबैभन्दा ठुलो हतियार” prevention is better then cure”को मुल मन्त्र लाइ अंगिकार गर्नु हो।”स्वास्थ्य नै रहेछ सबैभन्दा ठुलो धन”त्यसकारण पछाडी पश्चाताप हुनुपर्ने काम नगरौ समयमा covid-19 बारे सजग बनौ र बनाऔ “आफू बचौ संगसगै अरूलाइ पनि बचाऔ।”