कोरोनाको त्रास, गाउँ घरको तयारी

प्रकाशित मिति:

गुल्मी –

विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसले आम जनताहरुलाई त्रसिद वनाएको छ । चिनबाट फैलिएको कोरोना भाइरस रोकथामका लागी नेपालमा समेत लग डाउन लगायतका विभिन्न तयारी भइरहेका छन । विशेषत विभिन्न शिलसिलामा देशका भिडभाड हुने सहर तथा नेपालको छिमेकी देश भारत लगायतका अन्य देशबाट आउनुभएका विभिन्न व्यक्तिहरु संग सचेत हुनुपर्ने अवस्था समेत छ । यसै शन्दर्भमा गुल्मीमा समेत विभिन्न तयारी भइरहेका छन । गाउँ घरमा कोरोनाको प्रभाव कस्तो छ? जनता कत्तिको त्रसित भएका छन? तयारी कस्तो छ? यसै शन्दर्भमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्नुहुन्छ ः
विश्वव्यापी रुपमा फैलिएको कोरोनाले नेपालमा समेत प्रभाव पारिरहेको छ । हामीले धुर्कोट गाउँपालिकाको तर्फबाट कोरोना विरुद्धको लडाइका लागी तिव्र रुपमा तयारी गरिरहेका छौँ । सम्पूर्ण आम जनसमुदायहरुलाई गाउँपालिकाको तर्फबाट अनुरोध गर्दछु तपाईँ ढुक्क संग आफ्नो घरमा बस्नुहोस सरकारले गरेको अनुरोध अनुसार घर बाहीर ननिस्कनुहोस । हामीले सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरुलाई तपाईँको सुरक्षा तथा स्वास्थ्य सेवाका लागी तयारी अवस्थामा राखेका छौँ । स्वास्थ्य संस्थामा समेत सम्पूर्ण आवश्यक औषधी तथा उपकरण खरिद गरेर तयार पारेका छौँ ।
संक्रमित देशबाट धुर्कोटमा आउनुभएका व्यक्तिहरुका लागी सुरक्षित स्थानमा वस्न अपिल गरेका छौँ साथै गाउँपालिका भित्रका ७ वटै वडामा न्युनतम १०० वेडको क्वारेनटाइन स्थापनामा जुटिरहेका छौँ । कोरोना के हो? र यसका विरुद्धको लडाइमा के गर्नु पर्छ यसको जनचेतनाको लागी विभिन्न प्रचारमुलक कार्यक्रम समेत गरेर जनतालाई त्रसित नभई सचेत हुनका लागी आग्रह गरेका छौँ । कोरोना विरुद्धको लडाइमा सरकार र जनता संग संगै लडौँ विजय पक्कै हुनेछ । कोरोनाले हाम्रा अगाडी थपेको च्ुनौतीको सामना गर्न धुर्कोट गाउँपालिका र धुकोट गाउँ बासी सबै तयार रहेको कुरा जानकारी गराउछुँ ।