यामाहा लकी ड्र मार्फत बलरामले जिते आर थ्री

प्रकाशित मिति:

बुटवल बाईर्कस प्रालीले दशैंको अवसरमा आयोजना गरेको यामाहा मिनी मेला सम्पन्न भएको छ । मेला अवधीभर यामाहाका मोटरसाईकल र स्कुटर गरी २०५ साधन विक्री भएका थिए । यामाहा विजय यात्रा नाम दिईएको मेलामा उत्साह अपग्रेड भव अन्तर्गत नयां मोटरसाईकल तथा स्कुटरको खरिदमा रु ७ हजार देखि १ लाख सम्मको स्क्राच गरी नगद छुटको व्यवस्था गरिएको थियो । त्यस्तै हर्ष अपग्रेड भव अन्तर्गत हरेक हप्ताको लक्की ड्र मार्फत यामाहा आर  थ्री जित्ने अवसर राखिएको थियो सोही मार्फत र्फसाटिकरका बलराम थारुले उक्त मोटरसाईकल प्राप्त गरेको बुटवल बाईर्कस प्रालीका सेल्स म्यानेजर पारस मरासिनीले जानकारी दिए । यामाहा ब्राण्डको लागि आधिकारिक विक्रेता बुटवल बाईर्कसले हरेक बर्ष चाडबाडका अबसरमा बिभिन्न अफरहरु संचालन गर्दै आएको छ ।