घिमिरे दाजुभाइद्वारा सुरक्षाकर्मीहरुलाई मास्क,सेनिटाइजर र ग्लोबस बितरण

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – लक डाउनको तेस्रो दिन
आवाज मेडिकल हलका संचालक द्वय दुई दाजुभाइ बद्री घिमिरे र महेश घिमिरे ‘केदार’को संयुक्त पहलमा सडकमा खटिएका सुरक्षाकर्मीहरूलाई माक्स , सेनेटाइजर र ग्लोब्स वितरण गरिएको छ ।

विश्व आज कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि अहोरात्र जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै सामाग्री बितिरण गरिएको संचालक महेश घिमिरे ‘ केदार’ले सबलपोस्टलाई बताउनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट बचाउन सहयोग होस भन्ने उदेश्यले सडक सुरक्षामा खटिनु भएका सुरक्षाकर्मीहरुलाई माक्स,सेनिटाइजर र ग्लोब्स बितरण गरिएको हो ।

दिनभर सडकमा खट्नु पर्ने ट्राफिक प्रहरीलाई धुवा र धुलो मात्र होईन कोरोनाको त्रासमा बस्नु परेको अवस्था भएको र जनताको ज्युधनको सुरक्षाका लागि खटिने प्रहरीका लागि सहयोग होस भन्ने उदेश्यले बितरण गरिएको आवाज मेडिकलका संचालक बद्री घिमिरेले बताउनुभयो ।