लक डाउनको पालना नगर्नेलाई कानुनि कारवाहि हुन्छ : अध्यक्ष सुवेदि

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली चैत्र १३, पाखापानी(देउखरी दाङ) सरकारले विरामीको निशुल्क चेकजाच गर्दै सावधानी अपनाई रहेको अवस्थामा सरकारको अनुरोधलाई नमान्ने जोकोहिलाई लक डाउन उलंघन गरेकोमा कानुनी कारवाहि हुन सक्ने हुदा घरमै बसी रोगको संक्रमण बाट बच्नु उपयुत्त हुने दाङ जिल्लाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।

अध्यक्ष सुवेदिले सरकारको नियम, कानुन नमानेर कोरना भाईरसको जोखीम बृद्धि गर्न अनावस्यक खुला रुपमा हिडडुल गर्नेलाई विहिवारदेखी थप कडाई गरिने र बन्द कारवाहि समेत हुन सक्ने प्रशासन संगको छलफल भएको समेत बताउनु भएको छ । सरकारको लकडाउनको पालना नगरि राप्ती क्षेत्रको मुख्य तथा सहायक रोडमा अनावस्यक हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिई चेतावनि स्वरुप सवारी साधन नियन्त्रण तथा कार्वाहि गर्ने निर्देशन गरिएकोले विनाकाम घर बाहिर हिडडुल नगर्न सबैमा अनुरोध गर्नुभएको हो ।

अध्यक्ष सुबेदिले यो कुनै राजनैतिक पार्टि विशेसले लकडाउन नगरेर विश्वब्यापी कोरना संकट बाट बच्न र बचाउन बन्द गरिएकोले आफ्नो र अरुको स्वास्थ्य रक्षाको लागि बानि ब्यबहारमा परिवर्तन ल्याउन सबैमा अनुरोध गर्नु भएको हो । पछिल्लो समयमा हाम्रो देशमा पनि कोरना प्रभावित विरामी भेटिन थालेकोले अव बच्ने उपाएहरुको पालना गर्दै आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुशासीतहुनु आवस्यक रहेको अध्यक्ष सुवेदिले बताउनु भएको छ । परिवारको सदस्यले के गरिरहेको छ र कता हिड्दैछ भन्ने वारे घरपरिवारले समेत चासो राखी आफ्ना परिवारजनलाई कोरना संक्रमण वाट बच्न र बचाउन पहल समेत गर्नु आवस्यक रहेको  सुेदिले बताउनु भएको छ ।