रोहिणी गाउँपालिकामा १५ शैयाको क्वारेन्टाईन

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
6 Shares


धकधई । रोहिणी गाउँपालिकाले बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरि १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको छ । मंगलबार गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक बिद्यालयमा हाललाई १५ शैयाको क्वारेन्टाई बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लौजाने निर्णय गरेको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कोभिड १९को रोकथाम तथा नियन्त्रणको लागी क्वारेन्टाईनका आवश्यकता भएको बताए । उनले रोहिणी गाउँपालिकामा पनि धेरै जना बैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले यस्तो ब्यक्तिको निगरानी बढाईएको बताए । कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले उनिमाथी बिशेष निगरानी राखिएको यादवले बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने मेराज अहदमको अहिले भिम अस्पतालमा स्वास्थ्य परिक्षण गरि उनलाई सोही क्वारेन्टाईनमा राखिने भएको छ । गाउँपालिका अध्यक्ष यादवले बिदेशबाट आएका ब्यक्ति तथा संक्रमितको आशंका गरिएका ब्यक्तिलाई अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको बताए । सेल्फ क्वारेन्टाईनमा बस्न नमान्ने वा अन्य शंकास्पद ब्यक्तिलाई सम्बन्धित वडा, संघ संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मिको समन्वयमा गाउँपालिकाले क्वारेन्टाईनमा राख्ने छ । यसको लागी अत्यावश्यक ‌औषधी लगायत, प्रतिकार्य सामाग्रीको व्यवस्थाको लागी गाउँपालिकाले प्रयास गरि रहेको छ ।

कोरोना भाईरसको संक्रमित भए आफुलाई मात्र नभई आफ्नो परवार हुदै सम्बन्धित समाजलाई नै असर पार्ने हुदा बाहिरबाट आएका ब्यक्तिहरु सेल्फ क्वारेन्टाईन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाईनमा बस्न यादवले अनुरोध गरे ।

यस्तै गाउँपालिकाले बिदेशी मुलुक र भारतअन्य ब्यक्तिहरुको ब्यक्तिगत विवरण समेत संकलन गर्ने जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यस्ता ब्यक्तिहरुको विवरण संकलनको लागी स्वास्थ्यकर्मिहरुलाई अनुरोध गरिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण