सन्तानब्बे वर्षीया महिला भइन् कोरोना सङ्क्रमणमुक्त

प्रकाशित मिति:

दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ। ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।  उनी कोभिड  १९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।उनले सबैलाई घरैबाट काम गर्न र राति पनि ननिस्कन आग्रह गरिन्। जापानमा १,२०० जनामा सङ्क्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भइसकेको छ।

दक्षिण एशियामा के भइरहेको छ  भारतमा बिहीवार २१ दिने लकडाउनको दोस्रो दिन हो। त्यहाँ ५५० जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भइसकेको छ।  पाकिस्तान दक्षिण एशियाकै सबैभन्दा बढी सङ्क्रमण भएको देश हो। त्यहाँ १,००० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ जसमध्ये चार सय सिन्ध प्रान्तमा रहेको छ। बाङ्ग्लादेशमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। सङ्क्रमितहरूको सङ्ख्या ३९ पुगेको छ। तर गत २४ घण्टामा त्यहाँ आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि नयाँ सङ्क्रमित भेटिएका छैनन्। श्रीलङ्कामा बुधवार सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ र त्यहाँ अनिश्चितकालीन कर्फ्यु कायम छ।