बडिगाड ७ मा राहत कोष स्थापना एवं क्वारेन्टाइन निर्माण ।

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
12 Shares


कौरव खत्री ,बाग्लुङ्ग १३ चैत्र- कोभिड १९ को कोरोना भाइरसको प्रभावलाई मध्यनजर गदै बडिगाड गाउँपालिका वडा न. ७ बाग्लुङ्गको आकस्मिक बैठक बुधवार सम्पन्न भएको छ ।

कोरोना भाइरसलाई मध्यनगर गदै बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गको अध्यक्षतामा बसेको वडा कार्य समितिको आकस्मिक बैठकले कोभिड १९ को कोरोना भाइरसलाई मध्यनजर गदै वडा कार्यालयमा राहत कोष स्थापना गर्ने, कोभिड १९ को कोरोना भाइरस बारेमा आम सर्वसाधारणहरुमा सामाजिक सञ्जाल मिडिया मार्फत चेतनामुलक सन्देश जारी गर्ने,गरिव मजदुर तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउने,भिमगिठे माध्यमिक विद्यालयमा ५ बेडको क्वारेन्टाइन गर्ने निर्णय निर्णय गरिएको वडाअध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिए ।

साथै आज इलाका प्रहरी चौकी भिमगिठे र भिमगिठे स्वास्थ्य चौकीको समन्वयमा भिमगिठे माध्यमिक विद्यालयमा ५ वेड सहितको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि होम क्वारेन्टाइनमै बस्नु पर्ने तथा लकडाउनको आचारसंहितालाई पूर्ण पालना गर्नु पर्ने एवं वाहिरबाट आउने व्यक्तिलाई विशेष निगरानी गरिने भएको छ ।

साथै वडा कार्यालयले गरिव मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने हेतुले राहत कोषको शुरुवात गरि हाल नगद रु.२५ हजार संकलन भैसकेको र राहत कोष अभियानमा विभिन्न व्यक्तिहरुबाट करिव २५ हजार रकम बोल भएको वडाअध्यक्ष गुरुङ्गले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया