चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरिको नगर बासिहरुमा अनुरोध

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
611 Shares


सबीन डोटेल चापाकोट । चापाकोट नगरपालिका शिब कुमार गिरीले नगरवासीलाई कोरोना भाईरसवाट वच्नका लागी घरमै वस्न का लागी अनुरोध गर्नु भएको छ । भाइरल बाट बच्नका लागि उच्च सतर्कता अउपनाउन नगर प्रमुख गिरीले गर्नु भएको अनुरोध जस्ताको तस्तै ।

नमस्कार, म चापाकोट नगरपालिकाको नगरप्रमुख शिव कुमार गिरि – सर्बप्रथम त सम्पूर्ण नगरबासी आमा बुवा दाजु भाइ दिदिबहिनी हरु मा जयनेपाल
एस संक्रमणकालिन अबस्थामा नगरबासी को सु स्वास्थ यबम दिर्घायु को दुर्गा भगवती सग कामना गर्दछु साथै सुरक्षित रुप मा आफ्नै घरमा बस्नु हुन सम्पुर्ण नगरबासी लाई अनुरोध गर्दछु ।  एति बेला विश्व नै कोरोना भाइरस कोभिड १९ ले ग्रस्त भयको बेला चापाकोट नगरपालिका मा हामीले पनि उच्च सतर्कता अपनायका छौ ।येस्तो विषम परिस्थिति मा चापाकोट नगरबासी हरुले पनि उच्च सतर्कता अपनाउन अनुरोध गर्दछु ।

अहिले नेपाल सरकारले लक डाउन गरेको बेला मा अत्यावश्यक काममा बाहेक अनावश्यक बाहिर ननिस्कन आग्रह गर्दछु ।यदि निस्कन पर्ने भयमा माक्स लगायर निस्कनु होस । साथै सेनेटाइजर को प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।चापाकोट नगरपालिकाले कोरोना भाइरस कोभिड  १९ संक्रमणबाट नगरबासिलाई सुरक्षित बनाउनको लागि नगरपालिका ले आवश्यक तयारी गरिरहेको छ ।नगरपालिका ले गगालाल माबिमा क्वारेन्टाइन बेड तयार गरेको छ ।साथै तपाईं हरु लाई कुनै समस्या परेमा नगरपालिका ले यम्बुलेन्स को बेबस्था गरेको छ ।तपाई हरु लाई कुनै समस्या परेमा मेरो सम्पर्क नम्बर9856054490  वा स्वास्थ प्रमुख बिन्दु कोइराला को नम्बर  9856055683 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु । नगरबासिलाई संक्रमणबाट सुरक्षित गराउन आवश्यक सचेतना मुलक कार्यक्रमहरु प्रत्येक वडामा सञ्चालन गर्ने को लागि वडाका जनप्रतिनिधि हरु लाई आग्रह गर्दछु ।चापाकोट नगरपालिका का नगरबासी हरु लाई कुनै लक्ष्यण देखा परेमा चापाकोट नगरपालिकाले निशुल्क रुप मा औसधि लगायत अन्य परामर्श गर्ने बेबस्था गरेको छ ।

चापाकोट नगरपालिका प्रवेश गर्ने नाका हरु मा हेल्प डेस्क राखियको छ । यदि तपाईं हरुको टोल मा कोहि बिदेश बाट आयका ब्याक्ती छन भने तुरुन्त चापाकोट नगरपालिका का स्वास्थ प्रमुख बिन्दु कोइराला लाई सम्पर्क गर्नु हुन सम्पुर्ण नगरबासी लाई अनुरोध गर्दछु ।कुनै हल्ला को पछी नलागी आफू पनि सचेत बनौं र अरु लाई पनि सचेत गराउ र अन्त्य मा तपाइहरु को सुख दुख मा साथ दिने प्रण गर्दछु ।
जयनेपाल ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया