बेलाहिया नाकामा अलपत्र आठ जनाको उद्दार

१३ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
42 Shares


सियारी/लकडाउन भएपछि सीमा पारी अलपत्र परेका आठ जना नेपालीलाई उद्धार गरि सियारी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको छ ।उनीहरू भारतका विभिन्न सहरबाट हिड्दै बेलहियासम्म आइपुगेका थिए । भाइरस विरुद्ध विभिन्न ठाउँमा सजगता अपनारहेका बेला उनीहरूलाई उद्धार गरेर सिधै क्वारेन्टाइनमा राखिएको सियारी गाउँपालिका प्रमुख अयोध्या थारुले जानकारी दिनुभयो । सियारी गाउँपालिकाले त्यहाँको जनता माविमा उपयुक्त क्वरेन्टाइनमा निर्माण गरेको छ ।

जिल्ला प्रसासन कार्यलाय रुपन्देही र सियारी गाउँपालिकाको समन्वयमा सीमा पारी अलपत्र परेकालाई उद्दार गरि बिहीबार दिउँसो क्वारिन्टाइनमा ल्याईएको थियो । रोजगारीको शिलशिलामा भारतबाट फर्कदै गरेका लुम्बिनीका ४ जना, रुद्रपुरका ३ र गुल्मी घर भएका १ जनालाई उद्दार गरि क्वारिन्टाइनमा राखिएको प्रमुख थारुले बताउनुभयो । उद्दार गरिएकाहरुमा १ जना महिला र ७ जना पुरुष रहेका छन् ।उनिहरुलाई १४ दिनसम्म सोही क्वारिन्टाइनमा राखिने छ । यसबीचमा ज्वरो आएमा वा रुघाखोकी लागेर कोराना भाइरसको लक्षण देखा परेमा थप उपचार तथा परीक्षणका लागि एम्बुलेन्समार्फत भैरहवा भीम अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल तथा बुटवल उपमहानगरपालिकाले निर्माण गरेको प्रतिकोरोना आइसोलेसन अस्पतालमा पठाइने गाउँपालिकाका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले सचेतनाका साथै पालिकाका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालन गरिएको बताउनुभयो ।

यसैविच हुन सक्ने कोरोना भाइरस (कोभिड १९) को संक्र्रमणलाई मध्यनजर गर्दै सियारी गाउँपालिकाले पालिका भित्र विभिन्न ठाउँमा गै मुलुक बाहिरबाट घर आएकाहरुको वा घरमै रहेकाहरुको घरमै गई स्वास्थ्यबारे जानकारी लिरहेको छ ।गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख जनप्रतिनिधि, टोल विकास संस्था लगाएतका टोलिहरुले विदेशबाट आएका तथा अन्य पहुनाहरुको पहिचान गर्न तथा पहिचान गरि उनिहरुको स्वास्थ्य स्थिति बारे बुझ्न भनि लगत लिन घरघर अभियान सुरु गरिएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष गुरुङ्गले बताउनु भयो ।

यस घरमा भएका तथा यस महिना भित्र विदेशबाट आएकाहरुमा स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसको लक्षण तथा शंका लागेमा गाउँपालिका तथा नजिकको स्वास्थ्यकर्मीहरु संग  समेत सुझाव दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले बताउनुभयो । सके सम्म घरमै सुरक्षित क्वारिन्टाइनमा बस्न तथा गाउँपालिकाले बनाएको क्वारिन्टाइनमा बस्न उहाँले अग्रह गर्नु भयो ।गाउँपालिकाले तयार पारेको क्वारिन्टइनमा खाना बस्न, स्वास्थ्य परिक्षण, एम्बुलेन्स लगाएतका सेवा उपलब्ध गराईएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया