एनसेलको रिचार्जमा १२० प्रतिशत बोनस

१४ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं/ चैत्र १४ स् एनसेलले आफ्ना सबै ग्राहकलाई चैत्र १३ बाट लागु हुने गरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ ।एनसेल प्रालीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले देशभर कायम रहेको ‘लकडाउन’को अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाइ नहोस् भनेर बोनस रकम प्रतिशतमा वृद्धि गरेको जनाएको छ ।ग्राहकले रिचार्ज बापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्कभित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र १००० रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६० रुपैयाँ प्राप्त गर्दछन् ।बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया