८८ वर्षको उमेरमा बलिउड नायिका निम्मीको निधन

१४ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
120 Shares


बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बेलुकी उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । निम्मी ५० देखि ६० को दशकमा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक थिइन् । राज कपुरले उनलाई आफ्नो फिल्म बरसात (१९४९) बाट ब्रेक दिएका थिए । उनले नै उनको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राखेका थिए ।

अमर, उडन खटोला, आन’ उनका केही अविस्मरणीय फिल्म हुन् । उनले कुन्दन, मेरे महबुब र पूजाके फूलजस्ता फिल्ममा पनि काम गरेकी थिइन् । सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो ।ऋषि कपुर, महेश भट्ट, दिव्या दत्ता, जावेद जाफरीलगायत दर्जनौं बलिउडकर्मीले उनको निधनमा शोक प्रकट गरेका छन् ।अन्नपुर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया