आज एक बजेसम्म शाइन रेसुंगाका ६ वटा शाखा खुला

प्रकाशित मिति:

सबलपोष्ट/शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले लकडाउनको अवधिमा पनि आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न जिल्ला र स्थानका शाखाहरु आवश्यकता अनुसार दिनको एकबजेसम्म सञ्चालन गर्दै आएको छ । जस अनुसार शुक्रबार (आज) रुपन्देही,अर्घाखांची, दाङ र नवलपरासी जिल्लाका ६ वटा शाखा खुला राखेको छ । आज शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल शाखा, रुपन्देहीकै कन्चन गाउपालिकाको रुद्रपुर शाखा,दाङको तुल्सीपुर शाखा,गुल्मीको बलेटक्सार शाखा,अर्घाखांचीको खनदह शाखा र नवलपरासी पश्चिमको सुनवल शाखा दिउसो १ बजेसम्म खुल्ला रहने बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी दिए ।

लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर हरेक दिन फरक फरक शाखा दिउसो १ बजेसम्म खुला राखेर सेवा प्रवाह गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर लकडाउन अवधिसम्म गरी सबै शाखाहरु सञ्चालन नगरी प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा आवश्यकता अनुसार पालैपालो विभिन्न जिल्ला र स्थानका शाखाहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।