तामाङ समाज अमेरिकाको कार्यालयमा नेपाली भाषा कक्षा संचालन हुने

प्रकाशित मिति:

अमेरीका ।

तामाङ समाज अमेरिका द्वारा संस्थाको कार्यालयमा बालबालिकाहरुको नाङसाल नेपाली भाषा कक्षा संचालनमा ल्याएको छ  नेपाल वाट विभिन्न शीलशीलामा अमेरीका गएका नेपाली  अमेरिकामा जन्मिएका बालबालिकाहरु नेपाली भाषा बोल्न छाडेका बेला हामी प्रवासमा रहेको नेपालीहरुले भाषा रितिथिति भेष भूषा  संस्कार संस्कृति आदिको संरक्षण, संम्बर्धन र बिकास अगिलो पुस्तालाई सिकाउदै हस्तारण गर्नू पर्छ भन्ने हितुका साथ नाङसाल नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो  हरेक आइतवार बिहान दुई घण्टा १० देखि १२ बजे सम्म कक्षा संचालन गरिएको र निकट भबिस्यमै तामाङ भाषा र इंग्लिश स्कूल कक्षा पनि संचालनको लागि गृहकार्य भैरहेको छ । त्यस्तै विद्यार्थीलाई संयोजन गर्ने लगायत नेपाली भाषा कक्षा संचालन कार्य बाल बिभागका संयोजक रेणु वाइबा र कोषाध्यक्ष फुरु लामाले गर्नु भएको छ  नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल  सभ्य र स्वस्थ समाजको परिकल्पना सहित शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको कार्य गर्नु थालेको अध्यक्ष सानुमाया तामाङ्ले बताउनु भयो । उहांका अनुसार निम्न स्थान र मितिमा कक्षा संचालन भईरहेको हुदा ईच्छुक सबैमा भाग लिनु हुन हार्दिक संस्थाले सवैमा आग्रह समेत गरेको छ । स्थान :- ३९-३० ५८ स्ट्रीट तामाङ समाज अमेरिका कार्यालय समय:- बिहान १० बजे देखी १२ बजें सम्म ( आइतबार) Venue: 39-30 58th st (Tamang Samaj America’s Office) Time: Sunday 10 :00 A.M. to 12:00 P.M.