मेयर चौधरीले अश्लील बोलेपछी पत्रकार महासंघले आपत्ती जनायो

प्रकाशित मिति:

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ । एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ रु भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् ।स्टुडियोबाट प्रावधिकले मेयर चौधरीलाई फोन गर्छन् र आफू टेलिभिजनबाट भन्छन् । मेयर चौधरी ‘के रे’ भन्दै रुखो जवाफ फर्काउँछन् ।

प्रावधिकले फेरि टेलिभिजनबाट भन्छन् । त्यसपछि मेयर चौधरीले फोन राख मु।।‍। भन्छन् । प्रावधिक हैन यो हाम्रो ‘ भन्दै कुराकानी गर्नका लागि आग्रह गर्न खोज्छन् । मेयर चौधरी अश्लील शब्द – फोन राख तेरो बाउलाई फोन गर्छस मा‘’ प्रयोग गर्छन् । इटहरीका मेयर चौधरी यसअघि पनि पत्रकारलाई लोपारिदिने अभिव्यक्तिका कारण विवादमा आएका व्यक्ति हुन् । पत्रकार महासंघ सुनसरी शाखाले बिहीबार विज्ञप्ति निकालेर मेयर चौधरीबाट पटक-पटक प्रेस विरोधी दुर्व्यवहार हुँदै आएको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्य नियन्त्रणगर्न समेत पत्रकार महासंघ जिल्ला शाखाले माग गरेको छ ।