गैह्रे दम्पतीले दिए एक महिनाको भाडा छुट

प्रकाशित मिति:

सबलपोष्ट । स्याङ्जा—१४ चैत्र , कोरोना भाइरसले विश्वलाई आतकिंत पारिरहेको छ । यसबाट नेपाल पनि उच्च जोखिमको लडाईमा रहेको छ । कोरोना भाइरस फैलन नदिन सरकारले एक साताका लागि मुलुकलाई लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण सबै नेपाली जनता अहिले घर—घरमा होम क्वारेन्टाईनमा बसेका छन् । यसलाई मध्यनजर गर्दै स्याङ्जाका गैह्रे दम्पतीले एक महिनाको सटर भाडा छुट दिएका छन् । वालिङ ८ निवासी श्यामप्रसाद गैह्रे र बसुन्धरा गैह्रेले वालिङ मोडमा रहेका ३ ओटा सटरको भाडा नलिने बताएका छन् । मुलुकमा परेको संकटले हामीलाई पनि दुखीत तुल्याएको छ गैह्रे दम्पतीले भने,“यो विपत्तीमा ठुलो सहयोग गर्न नसकेपनि सटर भाडा छुट दिन मन लाग्यो ।”
मोडमा रहेका गैह्रे मोवाईल पसल, बविता स्टोर्स र गह्रौकालिका फलफुल पसलको भाडा छुट दिने घोषणा गरेका हुन् । तिनओटा सटरबाट करिव मासिक ४० हजार भाडा गैह्रे दम्पतीले बुझ्ने गरेका थिए । व्यवसायीको व्यपार नभएपछि दम्पतीले घर भाडा छुट दिने प्रण गरेको गैह्रे दम्पतीका छोरा बिष्णु गैह्रेले जानकारी दिए । स्याङ्जामा घरभाडा छुट दिने पहिलो व्याक्तिका रुपमा गैह्रे परिवार रहेका छन् । यसको चौतर्फी प्रंशसा गरेका छन् । यही माहामारीको अवस्थामा समाजसेवी कृष्ण खाँण र विजय विक्रम खाँणले आफ्नो सवारी साधन निशुल्क प्रयोग गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । वालिङका स्वास्थ्यकर्मी देवेन्द्र भट्टराईले पनि यो माहामारीका बेला एक महिनाको तलव सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।