धनगढीमा एक जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति:

१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।स्रोत अनलाईनखवर