कोरोना भाईरस वाट वच्नका लागी सचेतना अपनाउन प्रदेश सांसद मल्लको आग्रह

प्रकाशित मिति:

सविन डोटेल चापाकोट । विश्वव्यापी महामारीका रुपमा फैलीएको कोरोना भाईरस कोभिड १९ का कारण विश्वव्यापी रुपमा प्रभाव परीरहेको छ भने त्यसका कारण नेपालको जनजिवन प्रभावीत वन्न पुगेको छ । गण्डकी प्रदेश सदस्य माननिय भागवत प्रकाश मल्लले एक बिज्ञप्ती जारी गरी सरकारले जारी गरेको लकडाउन लाई पुर्ण कार्यन्वयनका लागी घरमै बसेर सहयोग गर्नु हुन देशवासीलाई आग्रह गर्नु भएको छ ।उहांले प्रत्येक नागरीकलाई आवश्यक सचेतना अपनाउन आग्रह गर्दै स्वस्थ्य सामाग्री लगायत अत्यावश्यक वस्तु लाई सहज वनाउन सरकार संग माग पनी गर्नु भएको छ ।