सुझाव : यसो गरे कसो होला ?

प्रकाशित मिति:

अजुन ज्ञवाली । कोरोना विरुद्ध विशेष अस्पताल बन्यो भनेर कैद गरेका तस्वीरहरु सामाजिक संजालमा आएका छ्न । कोरोना संक्रमितको पृथकीकरण र उपचारको लागि तस्वीरमा देखाइएका संरचनाले महत्त्वपूर्ण काम गर्छ ।यो भन्दा महत्त्वपूर्ण पक्ष लक डाउनले मानिसहरु घरघरमा बसेका छ्न, सरकारलाइ सहयोग र आफैलाइ जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गरेका छ्न ।

यस्तो अवस्थामा नयाँ संविधान अनुसार संघ, प्रदेश र स्थानीय सरकार छ्न। यसको ठोस समन्वय गरेर खास गरि गाउँ शहरका स्थानीय जन प्रतिनिधि त्यसमा पनि वडा अध्यक्ष, वडा सदस्यको प्रभावकारी नेतृत्व मार्फत सम्पुर्ण टोल समितिका अध्यक्ष वा टोलका अगुवालाइ सुरक्षीत परिचालन गरि बिदेशबाट आएका कोको ब्याक्ती छ्न उनिहरुको पहिचान गरि उनिहरुको खानपिन वसाइ अनुगमन गरौं । र अर्को महत्त्वपूर्ण कुरा सम्भव भएका सम्म पहिलो चरणमा उनिहरुको मात्र होइन उनिहरुसग सम्बन्धित सबैको स्वाब(swab) नमुना परिक्षणको लागि संकलन गरि जतिसक्दो छिटो परिक्षणको व्यवस्था मिलाऔ, ताकि कोरोना लागेको छिटोभन्दा छिटो थाहा हुन सकोस्, पहिचान हुन सकोस् र उपचारमा पठाउन सकियोस् ।

दोस्रो चरणमा फेरि पनि मुलुक भरिका टोलटोल, बस्ती बस्ती, गल्ली गल्लीका घर घरमा गएर सबै जनताको नबिराइ स्वाव संकलन गरेर परिक्षण गर्न पठाऔ। यसले उपचारलाइ पनि सघाउछ । स्वाव संकलन र उपचारमा खटिएका सम्पूर्ण स्वास्थकर्मीलाइ प्रयाप्त र प्रभावकारी स्रोत र साधन एवम् सम्पूर्ण स्वास्थ सामाग्री प्रदान गरौ। उनिहरुलाइ उच्च मनोबल र आत्मविश्वासले ढुक्क साथ काम गर्न प्रोत्साहन गरौ । यसले कोरोना भाइरस सर्ने र संक्रमणबाट जोगाउछ । र कोरोना विरुद्धको महाअभियानमा हामीले जित्ने छौ ।