क्यानाडामा गाँजालाई कानुनी मान्यता

१ कार्तिक २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
14 Shares


काठमाडौं : क्यानाडामा गाँजालाई कानुनी मान्यता मिलेको छ। गाँजालाई उल्टी, चिन्ता, तनाव र ज्वरोको ओैषधिका रूपमा लिइन्छ।

क्यानाडामा गाँजालाई मान्यता यसले स्वास्थ्यमा पुर्‍याउने फाइदालाएई हेरेर दिइएको हो।

क्यानेडियन मेडिकल एसोसिएशन (सीएमए) का अनुसार, गाँजाबाट हुने लाभ र जोखिमबारे अझै पर्याप्त अनुसन्धान हुन बाँकी नै छ। उसले अन्य औषधि जस्तै निश्चित मात्रामा खाएमा स्वास्थ्यका लागि धेरै फाइदा हुने बताएको छ।

गाँजाले कानुनी मान्यता पाएसँगै यसको किनबेच देशभरका विभिन्न स्टोरबाट हुनेछ।  क्यानाडा सरकारले गाँजा किनबेचका लागि केही शर्त भने राखेको छ। किन्नेको उमेर कम्तिमा पनि १९ वर्ष हुनुपर्ने छ।

यसलाई बेच्ने स्टोर मालिकले सरकारबाट लाइसेन्स लिनुपर्ने छ। सर्वसाधारणले  यसको प्रयोग आफ्नो घरभित्र मात्रै प्रयोग गर्न पाउनेछन्।

सबैभन्दा रोचक कुरा त एकजनाले केबल ३० ग्राम मात्रै किन्न पाउनेछन्। गाँजाको कारोबारमाथि त्यहाँको सरकारले कडा निगरानी गर्नेछ। खासमा क्यानाडामा गाँजाले मान्यता पाउनुमा स्वास्थ्यमा यसले पुर्‍याउने लाभ नै हो।

सीएमएका अनुसार गाँजाबाट बनाइएको केही उत्पादनले उल्टीसहितको समस्या रोक्न सहयोग गर्छ।  अन्य कयौं अध्ययनबाट छारे रोगको उपचारमा पनि गाँजा फाइदाजनक मानिएको छ।

सीएमएका अनुसार, तनाव, अवसाद, अनिद्रा पीटीएसडी र कडा दुखाइबाट छुटकारा पाउन पनि गाँजा फाइदाजनक मानिन्छ। यसबारेमा गम्भीर अध्ययन गर्न अझै बाँकी रहेको छ।

चरेस, गाँजा र भाङ्ग जस्ता नशालु पदार्थको मिश्रणलाई क्यानबिस भनिन्छ।  वासिङ्गटन स्टेट युनिभर्सिटीका शोधकर्ताका अनुसार, यसको सीमित सेवनबाट अवसाद, तनाव र चिन्ताका लक्षण कम गर्नमा  मद्दत मिल्न सक्छ। तर शोधकर्ताले लामो समयसम्म यसको सेवन गर्दा स्वास्थ्यमा असर पर्ने चेतावनी दिएका छन्।

शोधकर्ताले तनाव, चिन्ता र अवसादबाट पीडित १२ हजार मानिसलाई आफ्नो अध्ययनमा सामेल गरेको थियो। उनीहरूले गाँजा सेवन गर्ने तरिका र मात्राबारे ती मानिससँग जानकारी लिएका थिए।

शोधकर्ताले ती मानिसमा चिन्ता र अनिद्राको लक्षण ५८ प्रतिशतसम्म कम भएको पाएका थिए।

क्यानबिसमा सीबीडी या क्यानाबिडोल नामक तत्व पाइन्छ, जसले मानिसको तनाव कम गर्न मद्दत गर्ने गरेको पाइएको छ। एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया